बालुवाटारमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालुवाटारमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताको बैठक


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।

छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

बालुवाटारमा आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस