नेपाल समूहको स्थायी कमिटी बैठक शुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल समूहको स्थायी कमिटी बैठक शुरु


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस