एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस