२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खैरहनीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

अ+ अ-

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत वर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए।

गत वर्ष रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा एक प्रतिशत बढी हो । यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेसनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट रु तीन करोड ९७ लाख २९ हजार सङ्कलन भएको हो ।

त्यस्तै अन्य संस्थागत आन्तरिक अनुदानबाट रु दुई करोड ९१ लाख २६ हजार, घर बहाल करबाट रु दुई करोड ३२ लाख, एकीकृत सम्पत्ति करबाट रु एक करोड ८० लाख ७१ हजार सङ्कलन गरेको नगर प्रमुख चौधरीले बताए ।

यसै गरी अन्य दस्तुरबाट रु एक करोड १३ लाख ५७ हजार, सिफारिस दस्तुरबाट रु ७६ लाख ५० हजार, नक्शापास दस्तुरबाट रु ३३ लाख ६२ हजार, भूमिकर/मालपोतबाट रु १२ लाख ८२ हजार, पर्यटन शुल्कबाट रु एक लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।

खैरहनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको थियो । जनप्रतिनिधि निर्वाचित भएको वर्ष रु एक करोड मात्र आन्तरिक स्रोतबाट राजस्व सङ्कलन भएको थियो ।

उद्योग, व्यवसायलाई करको दायरामा ल्याएपछि विस्तारै राजस्व सङ्कलनमा पनि वृद्धि भएको नगर प्रमुख चौधरीले बताए । उनले भने,’स्थानीय तहलाई आफ्नै आम्दानीबाट खर्च गर्न सक्ने बनाउनुपर्छ । अन्य स्रोतबाट कम राजस्व प्राप्त भएमा आफ्नै आम्दानीले खर्च गर्न सकिन्छ ।’ राजस्व सङ्कलन वृिद्ध हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको उनको भनाइ छ ।