दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं : गृहमन्त्री खाण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं : गृहमन्त्री खाण


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । तुइनबाट महाकाली नदी पार गर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने गृहमन्त्री ले बताएका छन्।

भारतीय सुरक्षा बल एसएसबीले गत शुक्रबार बिहान तुइनको डोरी काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विवरण आइरहेका छन्। एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै प्रहरीमा निवेदनसमेत परेको छ।

यसबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली बनाएको र छानबिन टोली आज धनगढी पुगिसकेको गृहमन्त्री खाणले बताए।

सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन १० दिनको समय दिइएको उनको भनाइ छ। दार्चुला हुँदै घटनास्थल मालघाट पुग्न यातायातको समस्या परेमा गृह मन्त्रालयले हेलिकप्टरको व्यवस्थापन गर्ने पनि खाणले बताए।

गृहमन्त्री खाणले आज राष्ट्रिय सभा बैठकमा समसामयिक विषयबारे बोल्न समय लिएका थिए।

उनले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटे वा नकाटेबारे केही उल्लेख गरेका थिएनन्। यो विषय छानबिनकै क्रममा रहेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस