नाजिरको ‘लभ सर्कल’ साउन २९ गते ओटीटी मार्फत रिलिज हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नाजिरको ‘लभ सर्कल’ साउन २९ गते ओटीटी मार्फत रिलिज हुने


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । निर्देशक वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘लभ सर्कल’ ओटीटी मार्फत रिलिज हुने भएको छ । निर्देशक निरौलाले गतबर्षको लकडाउनमा यो चलचित्र छायाँकन गरेका थिए । साउन २९ गते ओटीटी मार्फत चलचित्र रिलिज गर्ने जानकारी दिदै यसको निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको छ ।

यो चलचित्रको पोष्टरमा कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत, सुमन कोइराला लगायतलाई देख्न सकिन्छ ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न लागेको निर्देशक निरौलाले बताए । यो चलचित्रले कमेडी र सस्पेन्स थ्रिलर कथालाई बोकेको उनको दावी छ ।

मी टिभीको प्रस्तुतिमा तयार भएको चलचित्रमा ओम प्रकाश अग्रवाल र रोनश पौडेलको निर्माण, अंकित बाबु अधिकारीको संगीत, अभिमन्यू निरवीको लेखन, दिव्य सुवेदीको छायाँकन, पवित्रा आचार्यको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस