गृहको छानबिन टोली दार्चुला जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहको छानबिन टोली दार्चुला जाँदै


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदैछ ।

छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्ने भएको हो । आज काठमाडौँबाट टोली हवाईजहाजमार्फत कैलाली पुग्ने र मङ्गलवार(भोलि) धनगढीबाट हेलिकप्टरमार्फत दार्चुला जाने कार्यक्रम छ ।

यही साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो हुँदै सदरमुकाम दार्चुला जाने क्रममा तुइनबाट खसेर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने खबर आएपछि गृह मन्त्रालयले सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार : दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक(डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन्

समितिलाई १० दिनभित्र सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस