एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको हो ।

आजेको बैठकमा केन्द्रीय भिागहरुको पूर्णता, विधान महाधिवेशन र साङ्गठनिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ । आजको बैठकबाट केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना छ ।

नेपाल समूहबाहेककै केन्द्रीय विभागलाई पूर्णता दिने तयारी आजको बैठकको रहेको छ ।

आइतबार पनि स्थायी कमिटी बैठक बोलाइएको थियो । उक्त बैठकले आउँदो असोज ९ सम्म देशभरका सबै पालिकास्तरको अधिवेशन गरिसक्ने निर्णय गरेको थियो । असोज पहिलो साता सबै वडाहरूमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ ।

यसैगरी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक मस्यौदाको प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको छ भने सङ्गठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरिएको छ ।

विधान अधिवेशन व्यवस्थापन कार्यदल रामबहादुर थापाको संयोजकत्वमा गठन गरिएको छ ।

यही साउन २४ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस