लोक सेवा बुटवल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

लोक सेवा बुटवल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोग बुटवल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगको बुटवल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका पुस्तकालय सहायक, प्राविधिक सहायक(शिक्षा प्रशासन), रेन्जर, असिस्टेन्ट बोटानिष्ट, प्राविधिक सहायक(कृषि, खानेपानी), पशु स्वास्थ्य प्राविधिक(भेटेरिनरी), बागवानी प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ ।

परीक्षा गत फागुनमा सञ्चालन भएको थियो । भदौमा अन्तर्वार्ता तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस