साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अनलाइनबाट मात्र हुने भएको छ ।

सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जनाएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि विभागबाट प्रवाह हुने सेवाहरूमध्ये प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणको कार्य विभागको वेभसाईटमा रहेको अनलाइन सेवामार्फत पूर्ण अनलाइनमा आधारित भई तपसिलको विधिबाट मात्र सेवा प्रवाह गरिने हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस