बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।

खोप सुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए। नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।

त्यसै गरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असीमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए ।

थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडा वडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए । यसअघि यहाँ दुई वटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रवार देखी आठ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस