सुनको भाउ तोलामा ५ सय रुपैयाँले ओरालो लाग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको भाउ तोलामा ५ सय रुपैयाँले ओरालो लाग्यो


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली बजारमा साताका पहिलो दिन सुनको मूल्य घटेको छ ।

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज (आइतबार) पाँच सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रबार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस