तीन सचिवको सरुवा, अर्थ सचिवमा मरासिनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन सचिवको सरुवा, अर्थ सचिवमा मरासिनी


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् ।

सरकार परिवर्तनसँगै ठुलै सङ्ख्यामा सचिवको सरुवा गर्ने तयारी रहेको भए पनि शक्तिशाली मन्त्रालयमा जानका लागि सचिवहरूबिच भई रहेको कडा प्रतिस्पर्धाकाबीच अर्थमा सरुवा गरेको हो । यससँगै अब गृह सचिवको सरुवा तयारी भइरहेको सिंहदरबार उच्च स्रोतले जानकारी दिएको छ । गृह सचिव र सञ्चारमा पहिले गरेर त्यसपछि सबै सचिवको गर्ने कि भन्ने पनि छ ती स्रोतले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस