शास्त्रीय नृत्यकार रञ्जितको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शास्त्रीय नृत्यकार रञ्जितको निधन


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मिर्गौलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवर्द्धनमा योगदान पुर्‍याएका थिए ।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गरेका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिएको उनका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुव थापाले बताए। गोरखा दक्षिण बाहु चौथोबाट विभूषित पाटनका बासिन्दा रञ्जितका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस