जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।

जसपाको आधिकारिकता यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् ।

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो ।

रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस