चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ ।

नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो ।

चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस