अस्ट्रेलियामा लकडाउन पालना गराउन सेना परिचालन गरियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्ट्रेलियामा लकडाउन पालना गराउन सेना परिचालन गरियो


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ अस्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सिड्नीमा गत महिनादेखि जारी रहेको लकडाउन थप एक महिनाका लागि थप गरिएसँगै लकडाउन पालना गराउन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको हो ।

गत जुन महिनामा डेल्टा भेरियन्टसहितको सङ्क्रमण बढ्न थालेको थियो । त्यसयता अहिलेसम्म तीन हजार सङ्क्रमित फेला परिसकेका छन् भने नौ जनाको मृत्यु भइसकेको छ । पाँच सातासम्म सङ्क्रमण नियन्त्रणको लागि भन्दै लकडाउन गरिए पनि सङ्क्रमण निरन्तर बढिरहेको छ ।

अधिकारीहरुका अनुसार शुक्रवार सिड्नीमा १७० नयाँ सङ्क्रमित फेला परेका छन् । यद्यपि अहिले धेरैले सेना परिचालन गर्नु आवश्यक नरहेको बताएका छन् । अगस्ट २८ सम्मका लागि गरिएको लकडाउनको क्रममा मानिसहरुलाई शारीरिक अभ्यास, सपिङ, स्वास्थ्य स्याहार तथा अन्य अत्यावश्यक कामबाहेक बाहिर जान रोक लगाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सिड्नीमा कोरोना सङ्क्रमण सबैभन्दा धेरै देखिएका स्थानमा सेनाले प्रहरीलाई लकडाउन पालना गराउन सहयोग गर्नेछन् । न्यु साउथ वेल्सका प्रहरी प्रहरी मन्त्री डेभिड एलिओटले सिड्नीमा बस्ने सानो अल्पसङ्ख्यक समुदायले आफूलाई नियम नै नलाग्ने जस्तो गरेकाले सेना परिचालन गरेपछि केही सहज हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस