कोरोना नियन्त्रणका उपायबारे छलफल गर्न सीसीएमसीको बैठक अपराह्न बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणका उपायबारे छलफल गर्न सीसीएमसीको बैठक अपराह्न बस्दै


१५ श्रावण २०७८, शुक्रबार


नेपाली काँग्रेस

काठमाडौँ। मुलुकमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दै छ ।

अपराह्न ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

सचिवालयका अनुसार देशमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।

नेपालमा हिजो मात्र ३ हजार ३६५ कोरोना सङ्क्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि अस्पतालका आइसियु र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस