लुम्बिनीका प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनीका प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै


१५ श्रावण २०७८, शुक्रबार


बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रवार (आज) पदभार ग्रहण गर्दै छन् ।

गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले बताए । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस