अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई १०० डलर दिने राष्ट्रपति बाइडेनको घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई १०० डलर दिने राष्ट्रपति बाइडेनको घोषणा


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् ।

सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीबार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले सो आह्वान गरेका हुन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बिबिसीले जनाएको छ ।

अमेरिकामा डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

यसैबिच बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडेनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस