टोकियो ओलम्पिक : हिट चरणबाटै बाहिरिइन् सरस्वती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टोकियो ओलम्पिक : हिट चरणबाटै बाहिरिइन् सरस्वती


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् ।

महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेन्डमा रेस पूरा गरिन् ।

यो स्पर्धामा सरस्वतीले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गर्न सकिनन् । महिला सय मिटर दौडमा सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सेकेन्डको थियो ।

यो विधामा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२ दशमलव २० सेकेन्डको रहेको छ । टोकियो ओलम्पिकको महिला सय मिटर दौडमा सरस्वती दोस्रो हिटका ९ खेलाडीमध्ये आठौँ स्थानमा रहिन् ।

सरस्वतीको प्रदर्शनसँगै टोकियो ओलम्पिक्समा नेपालबाट सहभागी सबै पाँच खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यस पटक पौडीका अलेक्स शाह र गौरिका सिंह तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन् । जुडोकी सोनिया भट्ट भने पहिलो बाउटमै पराजित भइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस