नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबारको रकम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबारको रकम


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ। साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

बुधवार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अङ्कले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैङ्क भने बढेका छन् । बाँकी सबै सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । बुधवार १३ अर्ब रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस