पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा हेर्न नभ्याइने सूचीमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा हेर्न नभ्याइने सूचीमा


१४ श्रावण २०७८, बिहिबार


high court

काठमाडौँ । सांसद पदमा पुनर्बहाली माग गर्दै माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सचीमा परेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो । सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै पुर्वमाओवादी केन्दका चार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले हिजो बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।

आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन्।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस