उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँमा « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँमा


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । उखु किसानहरू आन्दोलनका लागि पुनः काठमाडौँ आएका छन् । सरकार र उद्योगीले प्रतिबद्धता जनाएअनुसार पुरै रकम नदिएको भन्दै पाँचौँ पटक आन्दोलनका लागि काठमाडौँ आएको उखु किसान सङ्घर्ष समिति सर्लाहीले जानकारी दिएको छ ।

समितिले उखु किसानले ६ वटा उखु मिलबाट ४१ लाख रकम भुक्तानी पाउन अझै बाँकी रहेको जनाएको छ ।

अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दिरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको समितिले जनाएको छ ।

उखु किसानहरूले भदौ ५ गतेसम्म किसानहरूको सम्पूर्ण भुक्तानी नभए पुनः उखु किसानहरू आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले हुनुपर्ने चेतावनीसमेत दिएका छन् ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस