सानिमा लाइफले ६० लाख कित्ता आइपीओ निष्काशन गर्दै ​ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सानिमा लाइफले ६० लाख कित्ता आइपीओ निष्काशन गर्दै ​


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ। सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुने कम्पनीले जनाएको छ ।

सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओका लागि २० देखि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस