दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा


१४ श्रावण २०७८, बिहिबार


कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधवार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ ।

सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभईकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।

‘आव ०७७र७८ का सडक निर्माण, कालोपत्रेलगायतका चार वटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो’, उनले भने, ‘त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ योजनामा अनियमितता नभए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस