प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिएको थियो तर देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्तापछि प्रधानमन्त्री देउवा सिंहदरवार प्रस्थान गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक बुधवार बसेको थियो । उक्त बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रीहरूको टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको थियो ।

देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि पूर्णरुपमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हाल सरकारमा काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

जसपालाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस