इन्जिनियरिङतर्फ ५ जना बढुवा सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इन्जिनियरिङतर्फ ५ जना बढुवा सिफारिस


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह हाइवे उपसमूह अन्तर्गत उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।

बुधवार बसेको बढुवा समितिको बैठकले उपसचिव (रा.प. द्वितीय श्रेणी) पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले सुनिल रन्जितकार, कैलाश प्रसाद देव, गोपाल प्रसाद खकुरेल, बलिराज मल्ल र सुबोध कुमार देवकोटालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

May be an image of text

Tags :
प्रतिक्रिया दिनुहोस