समयमै कर नतिरे सिलबन्दी गर्ने चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समयमै कर नतिरे सिलबन्दी गर्ने चेतावनी


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।

समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएका छन् ।

कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस