६३ प्रतिशत मुद्दा फछ्र्योट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६३ प्रतिशत मुद्दा फछ्र्योट


१३ श्रावण २०७८, बुधबार


चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।

तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४ फछ्र्योट भएका छन् । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी तीन हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका दुई हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका एक हजार ३७१ मुद्दा हुन् ।

उनका अनुसार ती मुद्दामध्ये दुई हजार ४३४ फछ्र्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका पाँच हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो सङ्ख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि पाँच हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट दुई हजार ६६८ वर्ष छ महिना २० दिन कैद र रु १५ करोड ९८ लाख पाँच हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए ।

पक्राउ परेकाबाट एक हजार ६१ वर्ष छ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने रु नौ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतमा पनि काम नहुँदा फैसला कार्यान्वयन र अदालती काम पनि बन्द हुँदा फछ्र्योट कम भएको देखिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस