सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


१३ श्रावण २०७८, बुधबार


सिद्ध राज उपाध्याय

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो । मैनाली श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयमा छन् भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रेष्ठ निर्वाचन आयोगको कार्यालयमा कार्यरत छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ ।

सरकारले बढुवा सिफारिस समितिले पहिलो नम्बरमा परेकालाई सिफारिस गरेको अवस्थामा मैनाली सचिवमा बढुवा हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस