२४ घण्टामा ३,८४० जनामा संक्रमण, १,९९३ जना संक्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा ३,८४० जनामा संक्रमण, १,९९३ जना संक्रमणमुक्त


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् भने, ३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा ८५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस