संशोधन नगरी एमसिसी अनुमोदन गर्नु राष्ट्रघाती काम हुन्छ : भीम रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संशोधन नगरी एमसिसी अनुमोदन गर्नु राष्ट्रघाती काम हुन्छ : भीम रावल


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संशोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका छन् ।

आज सामाजीक संजाल ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन्। एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ। उनले राष्ट्रलाई घात पुग्ने काम नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस