एमालेको नेपाल समूह सरकारमा नजाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको नेपाल समूह सरकारमा नजाने


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले तत्काल सरकारमा नजाने बताएको छ ।

सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहका एक नेताले जानकारी दिएका छन् ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए । पौडेलले आफूहरू तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए ।

नेकपा एमाले अहिले पार्टी एकताको दौरानमा रहेकाले सरकारमा जान नसकिने पौडेलेले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस