चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरू बढ्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरू बढ्दै


१३ श्रावण २०७८, बुधबार


कोरियन भाषा

सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

यहाँ सङ्क्रमितहरूको सङ्ख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँका अधिकारीहरुले मङ्गलवार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरू पाइएको बताएका समाचारमा जनाइएको छ । यो सङ्ख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्याङ्क हेर्दा कोभिड–१९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा भेटिएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी सङ्ख्यासँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र यति धेरै सङ्क्रमित थपिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यति धेरै सङ्ख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

यहाँका अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाइ गरेको छ ।

अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरू कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस