गृहमन्त्री खाणद्धारा गण्डकी प्रदेश प्रमुखलाई बधाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री खाणद्धारा गण्डकी प्रदेश प्रमुखलाई बधाई


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरका छन् ।

नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस