जसपाले ठाकुरसहित १६ जनालाई कार्यकारिणीबाट हटाउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपाले ठाकुरसहित १६ जनालाई कार्यकारिणीबाट हटाउँदै


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने भएको छ ।

आज १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले अध्यक्ष ठाकुरसहित १६ नेतालाई कार्यकारिणी समितिबाट हटाउने तयारी गरेको जसपाका एक नेताले जानकारी दिए ।

यही साउन १६ गते निर्वाचन आयोगमा ठाकुर पक्षमा सनाखत गरेका १६ कार्यकारिणी सदस्यलाई हटाउन लागिएको स्रोतले जानकारी दिएको हो ।

उपेन्द्र यादव पक्षमा ३४ जनाले सनाखत गरेपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिता दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस