सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ । स्रोतका अनुसार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुने छन्।

बैठकमा मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल हुने जनाइएको छ । देउवा नेतृत्वको सरकारमा काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

यस अघिको गठबन्धन बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस