टोकियो ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टोकियो ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारे ।

त्यस्तै नेपालकी अर्की खेलाडी गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्नेछिन् । उनले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेकी छन् । सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस