प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीत « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीत


१२ श्रावण २०७८, मंगलबार


मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित विधेयक प्रमाणीत गरेका छन् ।

उनले प्रमाणीकरण गरेको ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा सचिवालयबाट प्रमाणीत भई आएको सो विधेयकलाई प्रदेश प्रमुख प्रसाईंले संवैधानिक प्रक्रिया पूरा गरी आजै प्रमाणीकरण गरेको र सोको जानकारी बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस