पछिल्लो २४ घण्टामा ३ हजार ८९९ सङ्क्रमित , १ हजार ७७८ सङ्क्रमणमुक्त « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ सङ्क्रमित , १ हजार ७७८ सङ्क्रमणमुक्त


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना सङ्क्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना सङ्क्रमित भइसकेका छन् ।

यस्तै आज मङ्गलवार १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस