नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको कारोबार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको कारोबार


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो, जुन हालसम्मकै उच्च हो ।

मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो ।

मंगलबार कमाउनेमा जलविद्युत कम्पनी र गुमाउनेमा लघुवित्त कम्पनी अगाडि थिए । विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढे ।

समूहगत रुपमा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन १८ र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन् ।

नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालय उर्जा विकास, युनिभर्सल पावर, जानाकी फाइनान्स र युनाइटेड इदी मर्दी आरबीको मूल्य १० प्रतिशतले बढेको छ ।

सिनर्जी पावर, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युतको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । ग्रीन लाइफ, अपि पावर, हिमालय डिस्टिलरीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सपोर्ट माइक्रोफाइनान्सले सबैभन्दा धेरै ५.७७ प्रतिशत मूल्य गुमाएको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक र नेपाल इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस