प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो ।

प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् ।

प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख र लुम्बिनी प्रदेशमा यादव ०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस