राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

डा. केसीले मंगलबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् ।

केसीले पत्रमा वलेखेका छन्, –‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस