नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नबिल बैङ्कले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैङ्कको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो ।

यो सुविधा बैंकलार्ई डिजिटल बैङ्कमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको जनाइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सक्ने बैङ्कको भनाइ छ ।

बैङ्कले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्थासमेत गरेको छ । यो सुविधा ‘नबिल बैङ्क– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अभियानअनुरूप रहेको बैङ्कको भनाइ छ । बैङ्कले देशभर १ सय ३५ शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस