सानिमा लाइफले साउन २० देखि आईपीओ बिक्री गर्ने, ५४ लाख कित्ता सर्वसाधारणलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सानिमा लाइफले साउन २० देखि आईपीओ बिक्री गर्ने, ५४ लाख कित्ता सर्वसाधारणलाई


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीका लागि, अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिने छ । कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।

कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस