प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाको बैठक बस्दै


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ। आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेस गर्ने कार्यसूची रहेको छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

कार्यसूची :

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस