देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा मनसुन सक्रिय भएको छ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस