कोभिडविरुद्धको थप खोप उपलब्ध गराउने अमेरिकी राजदूत बेरीको आश्वासन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिडविरुद्धको थप खोप उपलब्ध गराउने अमेरिकी राजदूत बेरीको आश्वासन


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको छ ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका थिए ।

नेपाल र अमेरिकाबिच लामो सम्बन्ध रहेको र अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने अपेक्षा रहेको गृहमन्त्री खाणले बताएका थिए

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस