नेप्से परिसूचक ८.२४ अंकले घट्यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्से परिसूचक ८.२४ अंकले घट्यो


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । पछिल्ला दिन यता निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा सोमबार  ८.२४ अंकले घटेको छ । 

उतार चढावकबीच बजार परिसूचक नेप्से ८।२४ अंकले ऋणात्मक रहेर ३ हजार ५० कायम भएर थामियो । आइतबार ३ हजार ५८ को उचाइ कायम भएको थियो ।

कारोवार रकम भने यस दिन पनि उच्च नै १४ अर्ब बढीको भयो । यसदिन अधिकांश समूह हरियो नै रहे । वाणिज्य बैक समूहमा ४३ अंकको उच्च गिरावट आएसंगै नेप्से ऋणात्मक रहन पुगेको हो । यस दिन विकास बैक र अन्य समूह पनि दोहोरो अंकले ओरालो लाग्दा सामुहिक लगानी कोष र लगानी समुह नगन्य अंकले मात्र रातो रहे । अरु समूह सुधारिए ।

जलविद्युत समुह सबैभन्दा उच्च १ सय २ अंकले उकनलो लाग्दा लघुवित्त समुह ९८ अंक उत्पादनमूलक समूहमा पनि ८४ अंकको बृद्धि आयो । जीवन बिमा समूह ६८ अंक र वित्त समूह पनि ६५ अंकले उकालो लागेका छन् । व्यापार, निर्जीवन बिमा र होटल तथा पर्यटन समूह पनि दोहोरो अंकले बढे ।

यसदिन १ सय ११ कम्पनीको शेयर मुल्य बृद्धि हुदा ६६ कम्पनीको मुल्य घटेको छ भने ७ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ३ करोड ७ लाख बढी कित्ता शेयर १४ अर्ब १३ करोड बराबरमा करोवार भएको एक्सचेञ्जले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस